‘डेजा भू’मा बलिउड सुन्दरी मोनाली

मंसिर, काठमाडौं ।

बलिउडकी चर्चित पाश्र्व गायिका मोनाली ठाकुरले राजधानीको डेजा भू क्लबमा शनिबार आफ्नो प्रस्तुती दिएकी छिन् । गएको शुक्रबार नेपाल आएकी मोनाली शनिबार रातको ११ बजेमात्र डेजा भू मा प्रवेश गरिन् । काठमाडौंको जिसोसँगै उनको प्रतिक्षामारहेका सयौं फ्यानहरुलाई केहिबेर आफ्नो गीतहरुले मज्जैले तताएकी छिन् ।

पर्फेक्ट प्लान इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रममा चर्चित गायिकाले आफ्ना चर्चित गीत सुनाइन् । उनले ‘मोह मोह के धाँगे, टच मी टच मी, छम छम’ लगायतका चर्चित हिट गीत सुनाइन् । उनले आफ्नो दर्जन बढी गीत गाएकी थिइन् । उनको कन्सर्ट हेर्नका लागि नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहार पनि डेजा भू पुगेका थिए । नायक आर्यन सिग्देलदेखि कलाकार प्रशान्त ताम्राकार मोनालीको कन्सर्टमा रमाए । मोनाली आउने जानकारी दिइएको पत्रकार सम्मेलनमा नेपाली गीत पनि गाउने भनिएको थियो । तर उनले कुनैपनि नेपाली गीत भने गाइनन् ।