अमेरीकामा मुन्द्रेले हँसाउने, बद्रीले नँचाउने र निरुले नाँच्ने

...

jitu nepal, badri pangeni, niru khadkaभदौ, काठमाडौं । यसपटक हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), गायक बद्री पंगेनी र कलाकार निरु खड्का (निर्मली)ले गाईजात्रा, तीज, दसैं र तिहार अमेरिकामै मनाउने भएका छन् ।

पहिलो पटक अमेरिका उड्न लागेका हास्यकलाकार नेपालले यसपटक यहाँ हुने गाईजात्रे कार्यक्रमहरुमा सहभागीता त जनाउन पाउन्नन् नै, उनी पनि एउटा नायक रहेको चलचित्र ‘वडा नम्बर छ’को प्रचारप्रसारमा पनि संलग्न हुन नपाउने भए ।

हास्यकलाकार भएर चर्चामा आएको धेरै बर्ष पछि पहिलो पल्ट अमेरिकाको यात्रामा निस्कने तयारीमा रहेका जितुले त्यहाँका २० सहरहरुमा कार्यक्रम प्रस्तुत गर्नुपर्ने छन् । ‘२०७२ तीज, दसैं र तिहार धमाका’ शिर्षकको कार्यक्रममा उनको यात्रामा लोक गायक बद्रि पंगेनी, नृत्याङ्ना तथा हास्यकलाकार निरु खड्का ‘निर्मली’ पनि रहनेछिन् । समाचार साप्ताहिकमा उल्लेख छ ।

अमेरिकामा रहेकी लोक गायिका शिला आले तथा भुटानी समाजका चर्चित गायक दाजुभाई ढकाल ब्रदर्शले अमेरिकामा यी तीन कलाकारहरुलाई कार्यक्रममा साथ दिने छन् । कार्यक्रमको उदघाटन २९ अगस्टमा पेन्सिलभेनिया राज्यको पिटर्सबर्गमा हुने आयोजक वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट जनाएको छ ।