आउँदो शुक्रबार बाट ‘ब्याड ब्वाई’

पुस, काठमाडौं ।

चलचित्र ‘ब्याड ब्वाई’ यहि पुस ७ अर्थात आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शन मितिको नजिकै आएपछि मात्र चलचित्र टीमले सो जानकारी गराएको हो ।

युवा निर्देशक बरूण अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रमाख राजेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि डंगोल लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन् भने एक्सन प्रधान चलचित्र ‘ब्याड ब्वाई’मा समाजका विकृति विसंगतिमा युवाहरूको भूमिका,  देश र समाजलाई युवाहरूले कसरी विगार्न सक्ने र सपार्ने भन्ने विषयलाई समेटिएको छ ।

माधब शर्माको कथामा राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको संगित, गोविन्द राईको नृत्य, बिनोद सापकोटाको छायाँकन, सुबास देबकोटाको सम्पादन, दिप मेहेरको गीत समेटिएको  चलचित्र ‘ब्याड ब्वाई’ नेपालभरका ७० भन्दा बढी चलचित्र हलहरूमा एक साथ प्रर्दशन गरिने वितरकले जानकारी गराएको छ ।