चितवनमा शुशिलको ‘लभ डायरिज’

पुस, चितवन ।

युवा युवती बिचको माया प्रेम र कमेडीलाई समाबेश गरि निर्माण थालिएको चलचित्र ‘लभ डायरिज’ टीम यतिबेला चितवन आएको छ । पछिल्लो समय चलचित्र छायांकनको लागी लोकप्रिय बन्दै गइरहेको देशकै मुख्य आर्कषणको रुपमा चिनिएको सौराहामा ‘लभ डायरिज’ टीमले पनि छायांकन धमाधम गरिरहेको छ ।

चलचित्रका निर्देशक सौरभ चौधरीका अनुसार कथाले मागेअनुसार नै चितवनलाई छनौट गरिएको बताउँछन् । ‘चलचित्रको ६० ÷७० प्रतिशत भाग चितवनमै छायांकन हुन्छ ।’, निर्देशक चौधरीले भने । चितवन बाहेक पोखरा र काठमाण्डौमा छायांकन गरिने बताईएको छ । अहिलेसम्ममा चलचित्रको ३० प्रतिशत सुटिङ सम्पन्न भईसकेको छ । बिगत ८ दिनदेखी सौराहाको ग्रिनपार्क होटलमा रहि छायांकन गरिरहेको निर्देशक चौधरीले जानकारी दिए ।

चलचित्रमा शुसिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका छ । शुशिलले यो भन्दा अघि दुई चलचित्रमा अभिनय गरिसकेका छन् भने रुविनाको यो पहिलो चलचित्र हो । यो चलचित्रका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् । साथै शुशिल र रुविना सँगै चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतको अभिनय छ ।

चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहेको छन् भने  साहिल र मिलन श्रेष्ठले चलचित्रलाई  सम्पादन गर्ने छन् । चलचित्रमा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह निर्माण रहको छ । छायांकनमा रहेकोे चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।चलचित्रमा ४ वटा गित समाबेश गरिएको छ ।