कन्सर्टमा ‘ह्याप्पी न्यू ईयर’

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो अंग्रेजी नयाँबर्षबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले देशका मुख्य शहरहरुमा कन्सर्टको शुरुवाती गरेको छ । चलचित्रको प्रचारप्रसारको अभिनयलाई तिब्र पार्दै चलचित्र टीमले मंगलबारबाट राजधानी बाहिरको कन्सर्ट यात्रा शुरु गरेको हो । चलचित्रको पहिलो कन्सर्ट हेटौंडाको खासा बजारमा गरिएको चलचित्रका मिडिया संयोजक श्याम हरीले जानकारी दिए । उक्त कन्सर्टमा उल्लेख्य दर्शकको उपस्थिती रहेको उनको भनाई थियो । कन्सर्टमा चलचित्रका नायक तथा निर्माता कुशल थापाले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायक विनोद ढकाल कार्यक्रमको मुख्य आकर्षण बनेका थिए । कन्सर्टमा उनले युथ ओरिएन्टेड डान्सिङ गीत गाएर दर्शक झुमाए । ‘ह्याप्पी न्यू इयर’ को शीर्ष गीतमा समेत उनको शब्द तथा संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;‘हेलो डियर, ह्याप्पी न्यू ईयर’ भन्ने स्लोगनसहित निर्माण टिमले दर्शकसँग सांगीतिक साक्षात्कार गरेको हो । पुस ५ गते नारायणगढ, ६ गते बुटवल, ८ गते पोखरा हुँदै १० गते काठमाडौंका विभिन्न ठाउँमा कन्सर्ट हुनेछ । ‘ह्याप्पी न्यू ईयर’लाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् । फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्र यहि पुस १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>