‘भैरब’ आन्दोलन भएका तराई जिल्लामा चलाउन नपाउने

...

bhairav nepali film by nikhil upretiभदौ, काठमाडौं । लामो समयपछि चलचित्र क्षेत्रमा कमव्याक गरेका निखिल उप्रेतीको निर्देशन र अभिनयमा तयार भएको फिल्म ‘भैरव’ अब देशभर एकैसाथ प्रदर्शन नहुने भएको छ । भैरबलाई सेन्सरबोर्डले रोक लगाएपछि केहि समयको तनाव पछि पीजी सर्टिफिकेट पायो । तर प्रदर्शनको अनुमति पाएपछि तराईका केहि जिल्लामा भने भैरब प्रदर्शन हुने छैन । फिल्ममा समावेश कथामा तराईको आन्दोलनलाई समावेश गरीएको र अहिले पनि परिवेश अनुसार तराईमा आन्दोलन भईरहेको कारणले फिल्म प्रदर्शन गर्दा समस्य पर्ने होकि भन्ने कारण सेन्सर वोर्डले रोक लगाएको थियो । पछि तराईका केहि जिल्लामा प्रदर्शन नहुने गरी फिल्मले प्रदर्शन गर्ने अनुमति पाएको हो । फिल्म भदौ ११ गतेबाट प्रदर्शनमा आउँनेछ ।

nikhil upreti
फिल्ममा समावेश कथा बस्तु हेरेपछि चलचित्र सेन्सर बोर्डले पास नगरे पछि गृहका पदाधिकारीले मंगलबार फिल्म हेरेका थिए । गृह पदाधिकारीसँगै प्रहरी प्रशासनले पनि फिल्म हेरेको थियो । फिल्म हेर्दा गृहका पदाधिकारीले प्रदर्शन मिति केही समय पछाडि सार्न आग्रह गरेपछि अभिनेता निखिलले पछाडि सार्दा आफ्नो प्रचास प्रसारमा लागेको लाखौं रकम डुब्ने कारण अहिले नै प्रदर्शन गर्न आग्रह गरेका थिए । गृहका कर्मचारीले पनि फिल्म हेरीसकेपछि उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिएका थिए।

अब ‘भैरब’ काठमाडौं, पोखरा, नारायणघाट र हैटौंडामा मात्र प्रदर्शन हुने छ । फिल्ममा निखिल उप्रेती, अनु शाह, मुरलिधर लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।