आर्यन र प्रियंकाको रोमान्स वान मिलियनले हेरे

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बटरफ्लाइ’ मा&nbsp; नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी पहिलोपटक संगै पर्दामा देखिँदैछन् ।पहिलो फिल्म 'के म तिम्रो होइन र?' बाट एक्सन हिरोको छबि बनाएका अभिनेता आर्यन लामो अन्तरपछि दोश्रो फिल्म 'बटरफ्लाइ' मार्फत पर्दामा आउँदैछन् भने प्रियंकासँगको यो आर्यनको पहिलो चलचित्र हो ।&nbsp;</p><p style="text-align: justify; ">यो बीचमा गत नोभेम्बर १० तारिखमा सार्वजनिक भएको आर्यन प्रियंका रोमान्सरत उक्त फिल्मको गीतले वान मिलियन बढि भ्यूज प्राप्त गरेको छ । गीतलाई अहिलेसम्म ११ लाख बढि पटक युट्युवमा मात्र हेरिएको छ । प्रेमिल शब्दको साथमा अर्जुन पोखरेलको सुमधुर संगीत समावेश रोमान्टिक गीतले धेरै दर्शकको मन जितिसकेको छ । मानसपटलमा बसिसकेको छ ।</p><p style="text-align: justify; ">सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतलाई प्राप्त भएका प्रतिक्रियाहरु हेर्दा फिल्मलाई कैयौँ दर्शकले प्रतिक्षित लेखेका छन् । उत्कृष्ट सम्पादन तथा छायाँकन अनि निर्देशन जोडिएको गीत प्रति सँगसँगै यो फिल्मको यसअघि सार्वजनिक ट्रेलरप्रति दर्शकले देखाएको चासो तथा उत्सुकताले पनि फिल्मलाई प्रतिक्षित फिल्मको सुचीमा कैद गरेको छ ।&nbsp;</p><p style="text-align: justify; ">ओमप्रतिक गुरुङ निर्देशित फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन् । रमेश प्रजापती कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माता हुन् ।&nbsp; चलचित्रमा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लिड रोलमा छन् । फिल्ममा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।</p>