पत्रकारिताका नाममा अश्लीलता भित्र्याउनेलाई बहिष्कार गर्ने संगीत कला पत्रकार संघको निर्णय

पौष ,काठमाडौं ।

युट्युब लगायतका डिजिटल माध्यमलाई मात्रै आधार बनाएर पत्रकारिताका नाममा विकृति, विसंगति बढ्दै गएको प्रति संगीत कला पत्रकारर संघले ध्यानाकर्षण भएको जनाएको छ ।  विशेषगरी संगीत, कला (चलचित्र, नाटक, टेलिफिल्म) क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिरहेका ती डिजिटल माध्यममा अन्तवार्ता र रिपोर्टका नाममा अश्लिल, द्ववीअर्थी, चरित्रमाथि आँच आउने खालका सामाग्रीहरु प्रेषण गर्ने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण गर्न पहल गर्ने बताइएको छ ।

सस्तो लोकप्रियता र अर्थोपार्जनका लागि पत्रकारिताको न्युनतम मूल्य मान्यता विपरित भइरहेका यस्ता हर्कतप्रति संघले खेद प्रकट गरेको छ ।  संघले नियमनका लागि सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघको ध्यानआकृष्ट गराएको छ । अध्यक्ष सुमन पण्डित र महासचिव डिबी खड्का हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यमा संलग्नहरु (अन्तर्वार्ता वा सामाग्री उत्पादन गर्ने व्यक्ति, संस्था र त्यसलाई प्रोत्साहन गर्न अन्तर्वार्ता दिने र सामाग्री उत्पादन गर्न सघाउने)लाई आजैका मितिदेखि वहिष्कार गर्ने निर्णय गरेको निर्णय अवगत गराउन चाहन्छौं ।’

पत्रकारिताका नाममा अश्लिलता, सामाजिक विसंगति र विकृति फैलाउने गतिविधिमा संलग्नहरुलाई यथाशिघ्र कारबाही गरी यसलाई निरुत्साहित गर्न सरोकारवाला निकायहरुसँग आग्रह गरिएको छ।