दयाहाङलाई लागेका आरोप, भन्छन–धेरैलाई लाग्छ यस्तो आरोप

गोपिकृष्ण चापागाईं / पुस, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका व्यस्त कलाकारलाई विभिन्न आरोप लाग्ने गर्छन् । कहिले धेरै फिल्म गर्छन छनौट गर्न जान्दैनन्, कहिले पारिश्रमिकको अत्यधिक माग त कहिले प्रमोसनमा समय दिँदैनन् । यस्तो आरोप निकै व्यस्त र माग भएका कलाकारलाई लाग्ने गरेको पाइन्छ ।

जब एकपछि अर्को गर्दै चलचित्रमा काम गर्ने कलाकार हुन्छन् उनीहरू समयको व्यस्तताले धेरै कुरामा चुकेका हुन्छन् त्यसैले  आरोम सहनुपरेको हुन्छ ।

यस्तै आरोप सहनेमध्येमा चर्चित अभिनेता दयाहाङ राई पनि पर्छन् । छोटो समयमा धेरै चलचित्रमा काम गर्ने अभिनेताको रूपमा चिनिएका दयाहाङका केही चलचित्र हिट भए जसले गर्दा उनलाई चलचित्रको अफर निकै आउने गर्छन् । तर पछिल्लो समय उनले अभिनय गरेका चलचित्र थोरैभन्दा धेरैले बक्स अफिसमा कमाल गर्न सकेका छैनन् । उनले अभिनय गरेका चलचित्रहरू एकपछि अर्को चलचित्र ब्यापारमा खस्किएका छन् । तर पनि उनलाई चलचित्रको कुनै कमी छैन ।

दयाहाङले पछिल्लो समय केही आरोप खेप्नुपरेको छ । विशेषगरी उनले दर्शकका केही आरोपहरू बारम्बर खेप्दै आएका छन् । दर्शकको दयाहाङमाथि आरोप छ कि उनी कथा छनौट गर्न जान्दैनन् । जस्तो पनि चलचित्रमा काम गरिदिने हुनाले चलचित्र असफल हुन्छन् भन्ने धेरै दर्शकको आरोप छ ।

अन्य कलाकारको हिसाबमा उनलै चौगुना बढी चलचित्रमा काम गरेका हुन्छन् त्यसैले पनि उनलाई यस्तो आरोप आएका हुन्छन् । यो आरोपमा दयाहाङले भने आफूलाई मात्र नभएर धेरै कलाकारलाई यस्तो आरोप आउने गरेको बताउँछन् । मंगलबार दयाहाङ अभिनित चलचित्र ‘मिस्टर झोले’ बारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने–‘कथा छनौट गर्न नसकेको आरोप मलाई मात्र होइन धेरै कलाकारलाई लाग्दै आइरहेको छ । सायद मेरो हकमा पनि यो धेरै लागू भएको हुनसक्छ । तर, म सधैं आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न तल्लिन हुन्छु ।’ उनले आफूले पाएको भूमिकालाई न्यायपूर्ण ढंगबाट निभाउने भएकाले यस्तो आरोप लगाउन नहुने बताए ।

त्यस्तै दयाहाङलाई अर्को लाग्ने आरोप भनेको एउटै भूमिका हो । उनले गरेको अधिकांश चलचित्रमा एउटै भूमिका भएकाले पनि उनलाई दर्शकले सधैं एउटै भूमिका किन भन्ने प्रश्न हुन्छ, साथै यो प्रश्न उनलाई मिडियाहरूबाट बारम्बार तेर्साइएका हुन्छन् । यो विषयमा पनि दयाहाङले धेरैपटक बोल्दै आएका छन् । विशेषतः उनले चलचित्रमा निभाउने भूमिका आफ्नोभन्दा पनि चलचित्र निर्माण युनिटको रोजाइ रहने बताएका छन् । ‘चलचित्रमा मैले कस्तो भूमिका गर्ने भन्ने बारे चलचित्रको स्क्रिप्ट लेखकले निर्धारण गरेका हुन्छन्, मैले यसअघि कस्तो भूमिका निभाएको छु त्यसलाई हेरेरै स्क्रिप्ट लेखिएको हुन्छ, फेरि यो मान्छेलाई यस्तो सुहाउँछ भनेर लगभग उस्तै भूमिकाको अभिनय गर्न दिनुहुन्छ त्यसैले गर्नैपर्छ’, उनले भन्दै आएका छन् ।

चलचित्र निर्माण गर्दा निर्माताले आम्दानीको पाटोबाट हेरेर आफूलाई भूमिका दिने पनि उनी बताउँछन् । ‘निर्माताले चलचित्र बनाउने भनेको पैसा कमाउन हो, त्यसैले मलाई दिने भूमिकाबाट दर्शक तानियोस् भन्ने चलचित्र निर्माण युनिटहरूको सोचाइ हुन्छ, त्यसैले पनि अघिल्ला चलचित्रको हिसाबले भूमिका दिइएको हुन्छ’, दयाहाङले भनेका छन् । साथै उनले आफूलाई सुहाउने खालका जस्तो सुकै भूमिका पनि निभाउन सक्ने बताउँदै आएका छन् ।

दयाहाङले पत्रकार भेटघाट कार्यक्रममा आफूले पैसाका लागि  केही चलचित्रमा काम गरेको खुलासा गरे । ‘धेरै त भन्दिनँ तर केही फिल्म भने मैले पैसाका लागि गरेको छु’, उनले भने । दयाहाङले ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’ नभएको बताए । उनले भने, ‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, ‘कबडी’को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस फिल्ममा प्रायः ‘कबड्डी’को नै टिम छ । त्यसैले पनि कतै ‘मिस्टर झोले’, ‘कबड्डी’को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागे पनि ‘मिस्टर झोले’का प्रस्तुति र कथा फरक छ ।’

तपार्इंका एकपछि अर्को चलचित्रले बक्स अफिसमा त्यति राम्रो ब्यापार गर्न सकेका छैनन् ‘मिस्टर झोले’बाट कस्तो अपेक्षा छ ? भन्ने पत्रकारहरूको प्र्रश्नमा उनी भन्छन्, ‘म कहिले पनि बक्स अफिसमा फिल्म सफल हुनुपर्छ भनेर काम गर्दिन् । सधैं दर्शकलाई एउटा राम्रो प्रोडक्ट दिनुपर्छ भन्ने मलाई लाग्छ । बक्स अफिसमा फिल्म हिट भयो भने त्यसले निर्मातासँगै मलाई पनि ठूलो राहत त दिन्छ तर कलाकारका लागि फिल्म हिट हुनु वा नहुनुले खासै ठूलो अर्थ राख्छजस्तो चाहिँ मलाई लाग्दैन ।’

कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता रौनक विक्रम कँडेलले पनि चलचित्र पहिलाका चलचित्रभन्दा बढी लगानी र राम्रो बनेको दाबी गर्छन् । ‘अहिले समयानुसार कलाकारको पारिश्रमिक, प्राविधिकहरूको पारिश्रमिक तथा नयाँ प्रविधिहरूको प्रयोग गर्दा यतिकै पनि चलचित्रमा लगानी धेरै हुन आँउछ’, कँडेलले भने । उनले यो चलचित्रमा १ करोड ४० लाख खर्च भएको बताउँछन् । चलचित्रका टेकेन खड्काले ‘मिस्टर झोले’ पूर्ण मनोरञ्जन दिने शैलीको फिल्म बनेको दाबी गरे ।

टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रूपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन छ भने रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याललगायत कलाकारहरूको अभिनय छ । चलचित्र यही पुस २८ गतेबाट देशब्यापी प्रद्रर्शनमा आउँदैछ । समाचार हिमालय टाइम्समा प्रकाशित छ ।