साहित्य महासंघ नेपाल शाखाको कविता वाचन

पुस, काठमाडौं ।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रममा कविहरुले कविता वाचन गरेका छन् । वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कमला रिसाल ‘ज्योति’, विद्या सापकोटा, महेश प्रसाद रिजाल, बाबु काजी सिलवाल, संगिता ठाकुर, हरि कार्की, दुर्गा थापा, लक्ष्मी थापा लगायतका कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत भने भने उषा आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा डा. शैलेन्द्र प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रहेका थिए ।

न्यूयोर्कमा बसोवास गर्दै आएकी साहित्यकार प्रेमा शाहको असमायिक निधनप्रति दुःख व्यक्तगर्दै चीर आत्मा शान्तिको कामना सहित उनले साहित्यमा पु¥याएको योगदानको सम्मान समेत गरिएको थियो ।

विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्तगर्दै कार्यक्रममा अतिथि युयुत्सु आर डी शर्माले अंग्रेजी भाषाको कविता वाचन गरे । कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वाचन गरियो । नेपालमा धेरै साहित्यिक संस्था स्थापना भएको तर ती संस्थाले गतिलिन नसकेको बताउँदै विश्व नेपाली साहित्य महासंघ त्यो वर्गमान पर्ने भाव विशिष्ट अतिथि शैलेन्द्र प्रकाश नेपालले व्यक्त गरे । वरिष्ठ साहित्यकार शैलेन्द्र साकारसँगै मञ्चमा बस्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसको श्रेय विश्व नेपाली साहित्य महासंघ रहेको कुरा डा.नेपालले बताए । नेपाली भाषा र साहित्यलाई उत्थान गर्नको लागि यो संस्था उपयुक्त रहेको बताउँदै प्रमुख अतिथि शैलेन्द्र साकारले संस्थाको सफलताको कामना गरे

विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गर्ने मूलध्येय रहेको बताउँदै सभापति मणिराज सिंहले संस्थाको परिचय गराएका थिए । नेपाली साहित्य महासंघले विश्वका १७ देशमा शाखा बिस्तार गरिसकेको छ ।