क्लबमा अनमोल, आउँदैछ ‘कृ’को नयाँ गीत

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">प्रतिक्षित नेपाली चलचित्र ‘कृ’ को नयाँ गीत केही दिनमा सार्वजनिक हुने भएको छ । अनमोल केसी स्टारर ‘कृ’ ले अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेको हो । निर्माता सुवास गिरीका अनुसार गीतको बोल ‘यती यती पानी सँगै रानी…’ रहेको छ । गीत क्लबमा खिचिएको तस्बिर पनि उनले सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोल क्लवमा डान्स गरिरहेका देखिन्छन् । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आरजेको शब्द र संगीत छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छन् ।&nbsp;</p><p style="text-align: justify; ">केहि दिनअघि मात्रै चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएको पाइन्छ । भिडियो सेयरिङ साइट युट्युवमा पनि एकसाता नबित्दै १५ लाख बढीपटक हेरिएको छ । ट्रेलरमा राम्रो प्रतिक्रिया आएको देख्न सकिन्छ भने अनमोलको फरक लुक्स हेर्नका लागी युवादर्शक अझ बढी आतुर देखिएको बुझिन्छ । चलचित्रमा अनमोलसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गर्दैछिन् । अनमोल र अदितीसँगै अनुप विक्रम शाही लगायतका कलाकारले ‘कृ’ मा अभिनय गरेका छन् । चलचित्र आउँदो माघ २६ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>