‘रेशम फिलिली’ र ‘भैरब’को प्रतिस्पर्धा

...

resham filili vs bhairav of nikhil upretiभदौ ११, काठमाडौं । सम्भावना बोकेका दुई चलचित्र हलमा आजबाट प्रदर्शनमा आएका छन् । दर्शकहरुको बिचमा राम्रो चल्न सक्ने सम्भावना बोकेका भनिएका यि दुई चलचित्र आजका मिति बाटै एकैसाथ प्रदर्शनमा आएका छन् । गत बैशाख १२ गतेको बिनाशकारी भुकम्पले ठुलो धक्का लागेको रेशम फिलिली ठ्याक्कै चार महिनापछि पुनः हलमा लागेको छ । बैशाख ११ गते प्रदर्शन भएर पनि ७१ लाख ग्रस्थ कलेक्सन गरेको रेशम फिलिलीले त्यो बेला दर्शकहरु हलमा निकै ओईरिएका थिए । अब पुनः हलमा रेशम फिलिली लाग्दा दर्शक कत्तिको आउँछन् आजैबाट थाहा हुनेछ ।

केमडी शैलीको रेशम फिलिलीमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको छ । रेशम फिलिलीको ट्रेलर यस्तो छ ।

त्यस्तै पाँच बर्ष पछि फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेती द्धारा अभिनित तथा निर्देशित फिल्म भैरब पनि आजैबाट हलमा आएको छ । एक्सन एक्टरको रुपमा चिनिएका निखिल पुनः आफ्नो एक्सन अवतार भैरबमा प्रस्तुत गरेका छन् । अहिले निखिल भैरबमा प्रहरीको भुमिका निभाएका छन् । ट्रेलर हेर्दा दर्शकले भैरबलाई पनि एकपटक हेर्नेछन् भन्ने लाग्दछ । साथै निखिलका अनुसार नेपाली फिल्मी क्षेत्रमा आफुले एउटा छुट्टै फिल्म बनाएको र अहिले सम्मकै फरक फिल्म बनाएका बताएका छन् । फिल्ममा अनुशाह र मुरलीधर लगायतका कलाकारलाई देख्न सकिन्छ ।
भैरबको ट्रेलर हेरौं ।