‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>पुस, काठमडौं । </b></pre><p style="text-align: justify; ">रोमान्स, प्रेम र एक्सनले भरिपुर्ण चलचित्र ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।&nbsp; आउँदो माघ १२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । चलचित्रका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् । फिल्ममा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् ।</p><p style="text-align: justify; ">पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले फिल्मका गीतका स्वर दिएका छन् । चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।</p><pre style="text-align: justify; ">video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/h7u5WoC_SZk" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>