पुस, काठमाडौं ।

यहि पुस २१ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘पटुकी’ पछाडि सरेको छ । अब यो चलचित्र माघ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र युनिटले जानकारी दिएको छ । चलचित्रको पोष्टर समेत सार्वजनिक गर्दै माघ १९ लाई आधिकारीक प्रदर्शन मिति भनिएको छ । चलचित्रमा नायिका रजनी केसीको मुख्य भूमिका छ भने उनीसँगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ, नवराज अधिकारी लगायतको मुख्य अभिनय छ ।

म्याक्टेन कालुको निर्माणमा बनेको फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार छन् । राजन राज सिवाकोटीको संगीत रहेको फिल्ममा सानु कुमार महर्जनको द्वन्द्व छ भने लक्ष्मण घिमिरेले क्यामेरा चलाएका छन् ।

२० पुष २०७४, बिहीबार ०४:२१