ब्यङ्ग्यकार महेश थापाको नमोनमः लोकार्पण

पुस, काठमाडौं ।

ब्यङ्ग्यकार महेश थापाले ब्यङग्यात्मक पुस्तक नमोनमः बजारमा ल्याएका छन् । बिहिबार राजधानीको थिल्पी थिएटरमा एक कार्यक्रमका बिच पुस्तक लोर्कापण गरियो । लामोसमय देखी नेपाली समसामायिक तथा राजनितिक बिषयमा ब्यङ्य गर्दै आएका थापाको यो दोस्रो कृति हो । यस भन्दा अघि उनको आत्मकथा ‘अल्प बिराम’ बजारमा आइसकेको छ ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मह (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले पुस्तक लोकार्पण गर्दै राजनितिक बिषयमा ब्यङ्ग्य रुचाउनेहरुले पढ्नै पर्ने बताए । साथै मदनकृष्णले नेपालमा राजनितिज्ञहरुलाई सुधार्नकै लागी पनि ब्यङग्य गर्नुपर्ने अवस्था रहेको बताए । साथै कार्यक्रमका बिशेष अतिथि प्रदीप नेपाल, वक्ता मुमारा खनालले पनि नमोनमः ब्यङ्ग्य पुस्तकको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

सामान्य रुपमा चल्ने एक हातको दुइ औंलाको सहायताले व्यंगात्मक रुपमा कलम चलाउने थापाले उक्त व्यंगसंग्रह निकालेका हुन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध व्यंगात्मक लेखको व्यंगसंग्रह हो ‘नमोनमः’ । पुस्तकमा जम्मा २ सय १९ पृष्ठ छन् भने मुल्य २ सय ५० रुपैया राखिएको छ ।