मुना थापाको यसपालीको तिज मलेसियाका नेपालीहरुसँग

...

muna thapa magarभदौ १२, काठमाडौं ।  लोक दोहोरी गायिका मुना थापा मगर ले यसपालीको तिज मलेसियाका नेपाली माझ मनाउने भएकी छ्न । मलेसियाको क्लाङमा सेक्टेम्बर १६ मा थापाले एक सागितिक कार्यक्रम का बिच तिज पर्व मनाउन लागेकी हुन । थापाको तिज मनाउने चाजो पाजो भने मलेसियामा सक्रीय रहेका प्रवासी कलाकार को समूह प्रीयसी सास्कृतिक समूह ले मिलाउने भएको छ ।

मलेसियामा रहेका कलाकार हरु राजेन्द्र पुरी को अगुवाइ मा हालै संगठित भएका हुन । सो समूह ले तिज को अबसर मा नेपाली दिदी बहिनी लाई गायिका थापा तिज का गीत गाएर नचाउने भएकी हुन । कार्यक्रम संयोजक उमेश पुर्बेलीले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार केलाङ को सन्तोसाको एन. एस. के मार्केट रहेको हलमा हुने सो सागितिक कार्यक्रममा प्रवासी कलाकारले समेत आफ्नो प्रस्तुती दिने भएका छ्न ।

malasia

मलेसियाका हरेक सागितिक स्टेजमा आफ्नो प्रस्तुती दिदै आएका गायक जनक रुचाल र आइदिप प्रधानले आफ्नो प्रस्तुती दिने भएका छ्न । रुचाल पछिल्लो समय मलेसियाका नेपाली माझ लोकप्रीय बन्दै आएका छ्न ।

यसैगरी सो कार्यक्रममा स्थानीय कलाकारहरु जस्मा लीम्बु ,जानुका मोक्तान ,राजु श्रेष्ठ ,स्वेता श्रेष्ठ नृत्य प्रस्तुती रहने भएको छ । लोक दोहोरी एल्बम बजारमा ल्याएका गायक दुर्गा रोका तिज गीत गाउनी भएका छ्न । मीलन लामा र सुमीत तामाङ को पनि प्रस्तुती रहने मिडिया संयोजक अर्जुन काफ्ले ले बताए ।

– सुवास लामिछाने, मलेसिया (आर्टिस्ट खबर)