पुस, काठमाडौं ।

निमा लामा तामाङको निर्देशनमा तयार भएको सामाजिक बिषयको चलचित्र ‘दोषी को ?’ को ‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनीक गरिएको छ । गीतमा मेलिना राईको स्वर रहेको छ । निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेका गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् ।

करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको फिल्ममा पांच वटा गीत समाबेश छन् । त्यसमध्ये पहिलो गीत स्वरुप शिरफुल शिरैमा सार्वजनीक गरिएको निर्देशक निमाले बताएका छन् ।

दोषी को ? का गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपि अधिकारी र सन्तोष सुनामको शब्द छ । फिल्मको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।

२८ पुष २०७४, शुक्रबार ००:४२