अन्जुको महंगो ‘जीन्दगी’ आउँदै

पुस, काठमाडौं ।

गायिका अन्जु पन्तले हजारौं गीत गाइसकेकी छिन् । बिशेषतः ‘सेन्टिमेन्टल’ गीत गाउने अन्जुको ‘जीन्दगी’ बोलको अहिलेसम्मकै फरक डान्सिङ गीत आउनेक्रममा छ ।। ‘मैले हजारौं गीत गाएकी छु तर यो अहिलेसम्मकै फरक गीत हुनेछ ।स्टेजमा नँचाउने गीत बन्ने भयो । मेरो लागी राम्रो कुरा पनि हो ।’, अन्जुले गीत रेकर्डको क्रममा भनिन् । गीतमा अन्जुलाई नव–गायक भक्त विश्वकर्माले साथ दिएका छन् । ‘चर्चित गायिकासँग पहिलो गीत गाउन पाउनु मेरो लागी अवसरको कुरा हो । सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’, गायक भक्तले हिमालय टाइम्ससँग कुरागर्दै भने । गीतमा लगानी गरेका प्रमोद विश्वकर्माले ठुलो बजेटमा भिडियोको छायांकन भइरहेको जानकारी दिए । ‘मैले लगानी उठाउँला भनेर गीतको भिडियो निर्माण गरेको होइन । भिडियोकै कारण एउटा राम्रो गीत नमरोस् भनेर भिडियोमा प्रयाप्त लगानी गरेको हुँ ।’, प्रमोदले भने । गीत पुरागर्दा साढे दुईलाख सम्मको बजेट लागेको प्रमोद बताउँछन् । यस्तै गीतमा शब्द तथा संगीत भरेका पदमराज बि.कले पनि गीतलाई पुर्णरुपमा न्यायदिने कोशिस गरेको बताए ।

साथै बिहिबार यसै गीतको भिडियो छायांकन गरिएको थियो । राती अबेरसम्म लगाएर छायांकन गरिएको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा शंकरसँगै चार मोडलहरु देखिँदै छन् । निर्देक शंकरले आफुले निर्देशन तथा मोडलिङ गरेका भिडियो भन्दा बिल्कुलै फरक भिडियो बनेको बताए । उनले एउटै म्युजीक भिडियोमा चारजना मोडलको नृत्य गराएको पहिलो पटक हो । चन्दा दाहाल, करिश्मा ढकाल, अन्जली अधिकारी र रिना थापाको अभिनय छ भने २० बढी कोरसको नृत्य छ । भिडियो माघको १५ भित्रमा सार्वजनिक गरिने बताइएको छ ।