दोहोरी गायक नविन पौडेल भन्छन्– दोहोरीलाई मिडियाले हेला गरे

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरीक्षेत्रलाई मिडियाले हेला गरेको आरोप लोक तथा दोहोरी गायक नविन पौडेलले लगाएका छन् । नेपालमा थुप्रै मिडिया भएरपनि दोहोरी गीत अघि बढ्न नसक्नुमा मिडियाले सहयोग नगरेको उनको आरोप छ । ‘धेरै चलचित्रसँग सम्बन्धित अनलाइनहरु छन् तर ति अनलाइनमा एउटापनि दोहोरी गीतको समाचार आउँदैछनन् दुख लाग्छ ।’, नविनले भने । नविनले शनिबार जर्सिङ पौवामा चलचित्रसँग सम्बन्धित अनलाइन फिल्मीजुमले राखेको बृहत बनभोज कार्यक्रममा सहभागी हुने क्रममा यस्तो बताएका हुन् ।</p><p style="text-align: justify; ">साथै उक्र कार्यक्रममा उपस्थित पत्रकारहरुले दोहोरीक्षेत्र मिडियामा चलचित्रक्षेत्रभन्दा पछाडि नै रहेको स्विकार्दै पछिपर्नुमा दोहोरीक्षेत्रकै ब्यक्तिहरुको हात रहेको बताएका थिए । ‘चलचित्रक्षेत्रका कुनैपनि कार्यक्रमहरु भयो भने सबै मिडियामा निमन्त्रणा पुग्छ तर दोहोरीक्षेत्रको कार्यक्रमको निमन्त्रणा पठाइँदैन । खबर नै नहुँदा कार्यक्रम कहाँ र कहिले हुँदैछ भन्ने कहिरी थाहा पाउने ? त्यसमा मिडियाको दोष हो जस्तो लाग्दैन ।’, एक राष्ट्रिय दैनिकका पत्रकारले भने । त्यसतै उनले दोहोरीगीतको क्षेत्रलाई प्रबद्र्धन गर्नकै लागी खुलेका थुप्रै संस्था भएपनि ति संस्थाहरुले मिडियासँगको सहकार्यमा अग्रसर नभएको देखिएको बताएका थिए । दोहोरीक्षेत्रमा हुने कुनैपनि गतिबिधि तथा कार्यक्रमहरुको बारेमा कुनैपनि मिडियालाई खबर गरे समाचार सम्प्रेषण हुने उपस्थित पत्रकारहरुले प्रतिबद्धता जाएर गरे । कार्यक्रममा बिभिन्नक्षेत्रका कलाकार, पत्रकार तथा ब्यवसायीहरुको उपस्थिती थियो ।</p><p style="text-align: justify; ">&nbsp;</p>