‘छमछमी ३’ बाट मनिष आउट

पुस, काठमाडौं ।

नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यस हप्ता बिराटनगरका मनिष कटुवाल बिदा भएका छन् । बिराटनगरबाट मेगा अडिसनका लागि काठमाडौं आइपुगेका मनिषले टप १० को प्रस्तुतिबाट दर्शकलाई त्यति सन्तुष्टि दिन नसकेको कारण दर्शकबाट सोचेजति माया भोट मार्फत बटुल्न सकेनन् । टप ९ राउण्डको प्रस्तुतिमा निर्णयकबाट निकै वाहवाहि बटुले पनि शो को अन्त्यमा अघिल्लो हप्ताको प्रस्तुतिको आधारमा उनले प्राप्त गरेको भोट उनलाई अगाडि लैजान भने काफि भएन । सोही राउण्मा हेटौंडाका सरोज राना प्रजाले भने सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरे । शोमा कलाकार शिल्पा पोखरेल र पुष्प खड्काको प्रस्तुतिले थप रोमाञ्चकता थपेको थियो ।

शोको प्रतिस्पर्धाबाट बिदा लिंदैै मनिषले सम्पूर्ण दर्शक र भोट दातालाई धन्यवाद दिन भ्याए ।  नृत्य नसा नसामा दौडिएकोले आगामि दिनमा यहि क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको उनले बताए । टप ९ राउण्डसम्मको सहभागिको रुपमा रहंदा कोरियोग्राफर र निर्णायकहरुबाट धेरै फर्ममा नृत्य सिक्ने राम्रो अवसर पाएको उनि बताउंछन् ।  शोबाट बाहिरिंदै गर्दा उनले एल जि को ३२ इन्चको स्मार्ट टि भि पुरस्कारको रुपमा प्राप्त गरेका छन् । प्रतियोगितामा अब ४ जना पुरुष र ४ जना महिला प्रतिस्पर्धी मैदानमा छन् ।

यो रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले रु. ५ लाख बराबरको  एल जि होम एपलाइन्सेस, तृतीय हुनेले रु. ३ लाख बराबरको  एल जि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एल जि स्मार्ट टि भि पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । ‘रियो छमछमी ३’ हरेक बुधवार बेलुकी नेपाल टोलिभिजनमा ८ बजेर ४० मिनेट जाँदा प्रसारण हुने गर्दछ ।

टप १२ देखि नै भोटिङ राउण्डको रुपमा दर्शकको निर्णय (भोट) लाई आधार बनाई टप ५ राउण्डसम्म संचालन हुनेछ र अन्तिम ५ प्रतिश्पर्धीले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन् । ग्राण्ड फिनालेको विजेताको निर्णय समेत दर्शकहरुको भोटिङकै आधारमा हुनेछ ।