सन्तोषजनक आर्यन–प्रियंकाको ‘बटरफ्लाई’

माघ, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’ले सन्तोषजनक दर्शक तान्न सफल भएको छ । आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शक तथा समिक्षमबाट मिश्रित प्रतिक्रिया पायो भने ब्यापार पनि मध्यम छ । वियोगान्त प्रेम कथामा बनेको चलचित्रमा आर्यन र प्रियंकाको अभिनयलाई भने धेरैले मन पराएका छन् ।

निर्देशक ओम प्रतिक गुरुङका अनुसार देशैभरका चलचित्रहलहरुबाट दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका बताएका छन् । निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ ।  निर्देशक गुरुङले चलचित्र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । ‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ, गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’, उनले भने ।

चलचित्रले एकतर्फी प्रेम गर्ने एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गर्ने त्याग र संघर्षको कथा बोल्छ । डेब्यू चलचित्र ‘के म तिम्रो होइन र’बाट एक्सन अबतार सहित उदाएका आर्यनले यो पटक लभर ब्वाई बन्दा जिवन्त अभिनय पस्केका छन् ।

चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।