‘पण्डित बाजेको लौरी’ चलचित्र बन्ने

माघ, काठमाडौँ ।

एक गाउँको पण्डितको कथामा चलचित्र ‘पण्डित बाजेको लौरी’ बन्ने भएको छ । आईतबार काठमाडौँमा पत्राकार सम्मेलन गराउदै चलचित्रका निर्माण टिमले सो चलचित्रको औपचारिक घोषणा गरेको छ । अधृत फिल्मस् प्रालीको व्यानरमा पहिलो पटक निर्माण हुन लागेको चलचित्र पण्डित बाजेको लौरीमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ । चलचित्रलाई दीपक ओलीले निर्देशन गर्नेछन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा र संवाद रहने फिल्ममा बिदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ । फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले संगीत भर्नेछन् ।

त्यसतै चलचित्रमा  थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी रहने छ । माघ २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रलाई वर्ष २०७५ को भदौ महिनामा प्रदर्शनमा ल्याउने निर्माण यूनिटको तयारी छ ।