नायिका प्रियंका कार्कीले गाएको गित यस्तो छ (भिडियो सहित)

...

priyanka karkiभदौ १२, काठमाडौं । तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोईसकेछन्, मैले पनि होइन मेरा आँखा हरुले तिम्रो लागि रोईसकेछन्, यस्तै भन्दै गित गाईरहेकी छिन् नायिका प्रियंका कार्की । मोडल क्षेत्रबाट नायिका र नायिका बाट फेरी गायिका तिर लम्किएकी प्रियंकाले आफ्नो स्वर तिम्ले त होईन बोलको गितमा भरेकी हुन् ।

पछिल्लो समयमा निकै व्यस्त नायिकाका रुपमा रहेकी प्रियंकाले शैलेश श्रेष्ठको एरेन्जमा र सोनाम पाख्रिनको गीतारमा आफ्नो स्वर दिएकी छिन् । उक्त गितको भिडियोलाई सुशन प्रजापतिले खिचेका हुन् भने सम्पादन उज्वल ढकालले गरेका छन् ।

यो गीतको ओर्जिनल भर्जनमा बच्चु कैलाशको स्वर नातीकाजीको संगीत र क्षेत्रप्रताप अधिकारीको शब्द रहेको छ । प्रियंकाले यसभन्दा अघि पनि एक गितमा स्वर दिएकी थिइन् । उक्त गित गाईसकेपछि धेरै ठाउँबाट राम्रो प्रतिक्रिया पाएपछि अझ आफुलाई हौसला मिलेको र गित गाएको बताउँछिन् । यसअघि नै चलचित्र ‘आवरण’ मा रहेको यमो बुद्ध गित गाएकी थिइन् ।