अदितिले तेलेगु फिल्म गर्ने

माघ, काठमाडौँ ।

नायिका अदिति बुढाथोकी आउँदो चलचित्र ‘कृ’ मा युवास्टार अनमोल केसीसँग ‘अपोजिट’ भूमिकामा देखिदैछिन् । उनै अदिति अब तेलेगु चलचित्रमा पनि कामगर्ने भएकी छिन् । आइतबार काठमाडौँमा आयोजीत पत्रकार सम्मेलनमा अदितिले यस्तो बताएकी हुन् ।

आमा बुवा र मामाको साथमा पत्रकार सम्मेलनमा उपस्थित भएकी अदितिले आँफुलाई पहिला देखीनै तेलेगु चलचित्रबाट अफर आएको बताइन् । ‘मेरो धेरै साथीहरु चेन्नईमा हुनुहुन्छ, केहि समय त्यहाँबसेको पनि थिएँ । त्यसैले अफर आएको हो ।’, उनले भनिन् । भाषाको समस्याको कुरामा डबिङको समयमा मेहनत गर्ने उनले बताइन् । अदितिले आई टि विषयमा स्नातक सम्म  गरेकी छिन् । उनले भारत र नेपालमा  गरी मोडलिड.मा दुई बर्ष बिताईसकेकी छिन् ।

साथै अदितिले कार्यक्रममा आफ्नो आउँदो चलचित्र ‘कृ’ को बारेमा पनि जानकारी दिइन् । चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा कमल गिरी छन् । श्री पराजुली चलचित्रका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्र आउँदो माघ २६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।