गोपिकृष्ण चापागाईं / माघ, काठमाडौं ।

माघे संक्रातिको अवसरमा नेपालभरी बिभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम आयोजना भए । जसमा नेपाली थुप्रै कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिन ब्यस्त भए । कुनै कलाकार एकसाता अघि देखीनै जिल्ला–जिल्लामा हुने कार्यक्रमका लागी काठमाडौं बाहिर छन् भने कुनै माघे संक्रातिकै दिन आवतजावत गरेका छन् ।

यसैबिच हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) माघे संक्रातिको दिन धनगढीको कार्यक्रममा उपस्थित हुन पाएनन् । कार्यक्रमका लागी उनी पत्नी सिता सहित एअरपोर्टमा पुग्दैगर्दा ‘फ्लाइट क्यान्सिल’ भएर कार्यक्रममा प्रस्तुती दिन पाएनन् । त्यसपश्चात केदार परिवार र हाँस्य कलाकार जितु नेपालको परिवार मिलेर माघि पर्व मनाएको तस्बिर सामाजिक सञ्जालमा पनि पोष्ट गरेका छन् । त्यस्तै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्) पनि सामाजिक सेवामा निरन्तर लागी रहेका छन् । सोमबार माघि पर्वको दिनपनि सितारामले आफ्नो ‘न्यानो वितरण’ अभियानलाई निरन्तरता दिए । अभियानको १६ औं दिन रौतहट जिल्लाको बस्तिपुर, बनरझुला बसन्तपुरका दलित तथा बिपन्न ५० परिवारलाई बिभिन्न न्यानो कपडा (ब्लयाङकेट, ज्याकेट) वितरण गरे । धुर्मुस्ले आफ्नो फेसबुकमा पनि तस्बिर सहित सम्योजनका लागि होटल तथा पर्यटन व्यावसायि महासंघ २ नम्बर प्रदेशका उपाध्यक्ष उदय सापकोटा (सुरेन) लाई विशेष धन्यवाद समेत दिएका छन् । धुर्मुस्ले रौतहटका स्थानियसँग माघि पर्व मनाएको तस्बिरपनि पोष्ट गरेका छन् ।

त्यस्तै गायक मिलन लामा सोमबार पोखरामा ब्यस्त रहे । पुस २७ देखी माघ ८ सम्म चल्ने ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४’ मा आफ्नो प्रस्तुती दिनका लागी मिलन पोखरा पोखरा पुगेका हुन् । मिलनका ‘माझि दाई पोखरा फेवातालको’ बोलको गीत अत्यधिक चर्चामा आएको गीत हो । यसैस्थानमा गायक तथा संगीतकार रमेशराज भट्टराई भने माघ २ गते आफ्नो प्रस्तुती दिन जाँदैछन् । त्यस्तै गायक बद्री पंगेनी पनि पुस महिनाको अन्तिम दिन ‘छैटौं म्याग्दी महोत्सव’को तेस्रो दिन आइतबार म्याग्देलीहरुसँग मज्जेले नाँचे । बद्री माघि पर्वको दिन पनि ग्याग्दीमै रहे ।

त्यस्तै लोक तथा दोहोरी गायिका भूमिका गिरी माघिपर्व बिशेष साँस्कृतिक कार्यक्रमकै लागी दाङको घोराहीमा ब्यस्त रहिन् । घोराही–१३ बाह्रकुने दहमा आयोजना गरिएको ‘माघि बिशेष साँस्कृतिक धमाका २०७४’ मा भूमिकासँगै गायक भागिरथ चलाउने, बालचन्द्र बराल, मोडल तथा डान्सर रिना मगर, चन्दा दाहाल, आरुसि मगर, सन्ध्या पौडेलले आ–आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै लोक तथा दोहोरी गायिका शुशिल गौतमपनि लमजुङको माघि पर्व बिशेष साँस्कृतिक कार्यक्रममा ब्यस्त भइन् । ‘पाँचौ माघि मेला २०७४’ नाम दिइएको उक्त कार्यक्रममा शुशिलासँगै रोइला गायक राजेन्द्र कंडेल, हाँस्य कलाकार अशोक भुजेल, सन्ध्या बुढा (काउली बुढी) लगायतले आफ्नो प्रस्तुती दिए ।

यस्तै गुल्मिमा ‘माघे संक्रान्ति मेला २०७४’ कार्यक्रममा थुप्रै कलाकारहरुले प्रस्तुती दिएका छन् र दिने क्रममा पनि छन् । माघ १ गतेदेखी माघ ५ गतेसम्म चल्ने उक्त मेलाको अवधिभर गायक पशुपति शर्मा, शिरिष देवकोटा, बैकुण्ठ महत, नविन पौडेल, पुस्कल शर्मा त्यस्तै हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले पनि आफ्नो प्रस्तुती दिनेछन् । मेलाको अन्तिम दिन माघ ५ गते चर्चित नायिका प्रियंका कार्की गुल्मि पुग्ने बताइएको छ । त्यस्तै गायक खुमन अधिकारी पनि माघि पर्वको दिन अर्घाखाची सन्धीखर्कमा ब्यस्त रहे । माघिपर्व बिशेष कार्यक्रमका लागी खुमनसँगै गायिका पार्वती स्त्री पनि अर्घाखाचीमा आफ्नो प्रस्तुती दिन पुगेकी थिइन् । खुमन मंगलबार सुर्खेतमा हुने साँस्कृतिक कार्यक्रमका लागी अर्घाखाचीबाट सोमबारनै त्यसतर्फ प्रस्थान गरेका छन् । त्यस्तै हाँस्य कलाकार तथा निर्देशक दिपा श्री निरौला बिराटनगरमा भएको कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् । समाचार हिमालय टाइम्समा प्रकाशित छ ।

२ माघ २०७४, मंगलवार ०४:००