हलिउबाट प्रभावित ‘शेरबहादुर’

माघ, काठमाडौं ।

यहि माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ एक अंग्रेजी चलचित्र (हलिउड) बाट प्रभावित भएको निर्माण टीमले जनाएको छ । अंग्रेजी चलचित्रबाट प्रभावित भएको तर चलचित्रलाई नेपालीपनमा ढालिएको मंगलबार राजधानीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।  कार्यक्रममा फिल्मका मुख्य कलाकार सुनिल थापाले ‘शेरबहादुर’लाई अंग्रेजी चलचित्रबाट प्रभावित भनेर धेरैले आरोप लगाएको पनि बताए ।  उनले आफुले चलचित्रमा एक अन्धो मानिसको भूमिका निभाएको बताए । ‘हामीलाई धेरै आरोप लागेको छ कि ‘शेरबहादुर’ अंग्रेजी फिल्मबाट प्रभावित छ । हो, तर दर्शकले फिल्म हेरेपछि त्यो महशुस गर्नुहुन्न । विल्कुलै फरक बनाएका छौं । यो एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । मेरै वरिपरि फिल्म घुमेको छ । एक अन्धो मानिसको भूमिका मैले निर्वाहा गरेको छु ।’ थापा चलचित्रमा ‘शेरबहादुर’को भूमिका निर्वाहा गरेका छन् ।

यस्तै चलचित्रका नायक कर्माले चलचित्रमा आफ्नो भिलेन र नायक दुबैको भूमिका निभाएको बताए । ‘मलाई चलचित्रमा गुण्डा र लभरव्वाईको भूमिकामा दर्शकले देख्न पाउनुहुनेछ ।’, कर्माले भने ।  नायिका मेनुका प्रधान पनि आफूलाई ‘शेरबहादुर’बाट ठूलो आश रहेको बताइन् । यस्तै, अर्का प्रमुख कलाकार रविन्द्र झाले चलचित्र गर्दाको समयमा आफूलाई रियलमै डर लागेको बताए ।

चलचित्रका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।

केहि समयअघि मात्रै चलचित्रको ‘कान्टि मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको थियो । जसमा चलचित्रका मुख्य कलाकार कर्मा, मेनुका र रबिन्द्रलाई फिचरिङ गरिएको छ । गीतमा कोशिस क्षेत्री र मिना निरौलाको स्वर रहेको छ भने कोशिले नै शब्द तथा संगीत भरेका छन् ।