इन्टु मिन्टु लन्डनमा’को फस्टलुकमा झल्कियो साम्राज्ञी र धिरजको केमेष्ट्री

माघ ७ , काठमाडौ ।

पछिल्लोसमय निकै चर्चा कमाएकी नायिका  साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्इ भुमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिकभएको छ। यतिवेला युकेमा छायांकन भइरहेको यस चलचित्रको छायांकन स्थलबाटै पोस्टर सार्वजनिक गरिएको छ ।
कोरियोग्राफर रेनषा बान्तवा राईको डेव्यु निर्देशनमा बनेको यस चलचित्रको पोस्टरमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर रोमान्टिक मुडमा देखिएका छन् । प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको यस चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।