‘कान्छि’ ट्रेलरः श्वेता–दयाको प्रेम

माघ, काठमाडौं ।

नायिका श्वेता खड्काको चलचित्र ‘कान्छि’ को ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको छ । राजधानीको क्युज सिनेमा हलमा मंगलबार आयोजित एक कार्यक्रमका बिच ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको हो । चलचित्र आउँदो फागुन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

नायिका श्वेताले दर्शकले चलचित्रका गीतसंगीतलाई धेरै मन पराइदिएको र ट्रेलरलाई पनि त्यसरी नै मन पराउनेमा आशावादी रहेको बताइन् । ट्रेलरमा चलचित्र दुई मुख्य कलाकार नायिका श्वेता खड्का र नायक दयाहाङ राईको प्रेम देखिन्छ । ट्रेलरमा श्वेताले चस्व. अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिएकी छिन् । ट्रेलरको शुरुवातमा भावपुर्ण शब्दका साथ स्व. श्रीकृष्णलाई सम्झिएको पाइन्छ ।

‘कान्छी’ लाई ’कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् ।  चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन् । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह(निर्माताको रुपमा रहेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ’कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

Trailer:

video of Trailer release event: