करण जोहरलाई नोटिस, ५ वर्ष जेल सजाय हुन सक्ने ..

माघ ,एजेन्सी।

बलिउडका चर्चित निर्माता करण जोहर पछिल्लोसमय चर्चित रियलिटी शो इंडिया नेक्स्ट सुपरस्टार होस्ट गरिरहेका छन्। तर यस विषयमा करण का साथै च्यानल पक्ष समस्यामा पनै सक्ने भएका छन्। यस शोमा देखाइने कमला पसंद पान मसला को विज्ञापनका कारण च्यानल मालिकका साथै धर्मा प्रोडक्शन, एंडमोल प्रोडक्शन कंपनी कमला पसंद कंपनी विवादमा परेका छन्।

भारतीय मिडियाका अनुसार सिगरेट एंड अदर टोब्याको प्रोडक्ट्स एक्ट २००३ अनुसार शो माथि दिल्ली हेल्थ डिपार्टमेंटले नोटिस जारी गरेको छ। करण र रोहित शेट्टी यस शोमा निर्णायक रहेका छन्। यसैकारण उनीहरुलाई नोटिस पठाइएको छ।

करणलाई यस मामिलामा कानुन भंग गरेको भन्दै दोस्रो पटक नोटिस पठाइएको हो। यस अनुसार उनीलाई ५ वर्ष जेल सजाय र २००० जरिवाना हुन सक्नेछ। करणको शो संग जोडिएका सबै व्यक्तिलाई सेरोगेटेड एड  देखाएको दोषी पाइएको छ। नोटिसमा सबैको जवाफ मागिएको छ। यदि यसो नगरेमा कोर्टमा जाने बताइएको छ।