यस्तो बन्यो सौगात र कर्माको ‘पञ्चेबाजा’ ,हेर्नुहोस ट्रेलर

माघ ११, काठमाडौं।

नायक सौगात मल्ल तथा कर्मा शाक्य को मुख्य भुमिका रहेको चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका पात्रहरुको एक्सन, लभ तथा बदलाको कथा देखाइएको छ।
फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा सौगात र कर्माका अलावा जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय रहेको छ ।
घनश्याम लामिछाने द्वारा निर्देशन गरिएको चलचित्रमा सामाजिक विषयवस्तुलाई उजागर गरिएको छ।न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा राजेश शाहीको लगानी रहेको छ । साथै सारा गुरुङ सहनिर्माता रहेको पञ्चेबाजामा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटारबिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।

हेर्नुहोस ट्रेलर: