मेरो फिल्म फ्ल्पः रवि

माघ, काठमाडौं ।

गएको पुस २१ गतेबाट चलचित्र ‘फिर्के’ अलनेपाल एकसाथ प्रदर्शनमा आयो । रवि डंगोलद्वारा निर्देशित यो चलचित्रमा शुलेमान शंकर ‘इकु’ को मुख्य भूमिका रहेको थियो । केही नेवारी भाषाका चलचित्र निर्देशन गरेका रविको ‘फिर्के’ नेपाली भाषाको डेब्यु निर्देशन चलचित्र हो । चलचित्र प्रदर्शनको एक महिना अगावै देशव्यापी पब्लिसिटीमा पनि चलचित्र टिम खुबै दौडिएको देखिन्थ्यो । तर चलचित्र एकसाता पनि हलहरूमा टिक्न सकेन ।

निर्देशक डंगोलले आफ्नो चलचित्र फ्ल्प भएको स्वीकारेका छन् । ‘हो मेरो फिल्म फ्ल्प भयो । जे हो त्यो भन्न किन डराउनु’, डंगोलले आर्टिष्ट खबरसँगको भेटमा भने । उनले चलचित्र हलसम्म दर्शक नआउनुको कारणमा आफ्नो धारणा सुनाए । ‘अब नेपाली दर्शकले शुलेमानजीलाई मुख्य भूमिकामा राखेको चलचित्र हेर्नुहुन्न । उहाँ एक कमेडी आर्टिष्ट हो । त्यसैले त्यही अनुसारको भूमिकामा देखिनुपर्छ जस्तो लाग्छ’, डंगोलले भने । शुलेमानजी को योभन्दा अघिको ‘इकु २’ चलचित्रले जति पनि व्यापार गर्न सकेन भन्ने हाम्रो प्रश्नमा डंगोल भन्छन्, ‘होइन त्यो भन्दा त व्यापार राम्रो छ तर सोचेजस्तो भएन । हामीले चलचित्रमा मिहिनेत त गरेका थियौं तर पनि चलचित्रमा कलाकार छनौटमा नजानेको होकि जस्तो लागेको छ ।’

चलचित्रमा सुलेमानको पनि लगानी छ । ‘फिर्के’ मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्रका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरवीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन छ ।

कलाकार तथा निर्देशक रवि डंगोलसँग गरिएको कुराकानी ।