शान्ति प्रियका तीन गीत आउँदै

माघ, काठमाडौं ।

चलचित्र पत्रकार/गीतकार तथा निर्देशक शान्तिप्रियका तिन गीत बजारमा आउने क्रममा छन् । एकैसातामा तीनवटा म्युजिक भिडियो निर्देशन गरेका प्रियका तीनैवटै गीत केही दिनमै बजारमा आउने बताइएको छ ।

प्रियकै शब्दमा संगीतकार दीपक शर्माको संगीत तथा गायक राज सिग्देलको आवाज रहेको उन्को मेरो दूरी चल्यो त्यस्तै चन्द्र भट्टचनको शब्द ज्योति प्रकाशको स्वर संगीत रहेको हिजोभन्दा आज राम्री र प्रियकै शब्द, दीपक शर्माको संगीत तथा गणेश श्रेष्ठको आवाज रहेको ‘माया लाउने यहि ज्यान हो अरू केपो छ र’ बोलको गीतको तीनवटा म्युजिक भिडियो एकै सातामा निर्देशन गरेका हुन् ।

गीतकार शान्तिप्रियले पछिल्लो चरणमा आफूलाई गीत लेखनमा मात्र सिमित नराखेर भिडियो निर्देशनमा पनि उतार्न थालेका छन् । जस अनुरूप केहीअघिमात्रै उनले राष्ट्रयकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय गीतको पनि निर्देशन गरेका थिए । यही क्रमलाई निरन्तरता दिँदै प्रियले नयाँ गीत माया लाउने यही ज्यान होको निर्देशन गरेका हुन् । आफ्नै शब्दमा रहेको माया लाउने यही ज्यान हो बोलको गीतको निर्देशन गरेका छन् ।

‘माया लाउने यही ज्यान हो’ बोलको गीतमा अभिनेता तथा कोरियोग्राफर गजित विष्ट अभिनेत्री अनामीका चौलागाईंले अभिनय गरेका छन् । यस रोमान्टीक गीतको छायांकन विरेन्द्र भाट विपिनले गरेका हुन् भने यस गीतको कोरियोग्राफी गजित विष्टले नै गरेका हुन् । त्यस्तै यस गीतको म्यूजिक भिडियो सम्पादन पनि विरेन्द्र भाटको नै रहने छ ।