प्रेम दिवसमा गुञ्जिँदै अञ्जु पन्त

माघ, काठमाडौं ।

आउँदो प्रेम दिवस (भ्यालेनटाइन–डे) का दिन गायिका अञ्जु पन्तले एकल साँझ गर्ने भएकी छिन् । ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ बारे जानकारी गराउन शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अञ्जुले यो आफ्नो दोस्रो एकल साँझ हुने बताइन् । ‘प्रणय दिवसका अवसरमा यहाँसामु प्रस्तुत हुँदैछ ।’

अञ्जुलाई बागबजारस्थित साया हेल्लो क्याफे गजलबारले १४ फेब्रुवरी अर्थात् ‘भ्यालेनटाइन–डे’ एकल साँझमा प्रस्तुत गर्न लागेको हो । ‘यो मेरो सांगीतिक करिअरकै दोस्रो एकल साँझ हो, जहाँ मेरा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछु ।’ युवा पुस्ताले पे्रम दिवसका रूपमा मनाउँदै आएको ‘भ्यालेनटाइन–डे’ मा एकल रूपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको छ ।’ उक्त दिन माहोल नै प्रेममय हुने भएकाले आफूले पनि प्रेमका गीतहरू प्रस्तुत गर्ने अञ्जुले बताइन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘प्रेम दिवसमा प्रेमका डेढ दर्जन बढी गीत सुनाएर यहाँहरूसँग प्रेम साट्नेछु ।’ कार्यक्रममा साया हेल्लो क्याफे गजलबारका संचालक रुल्ज गुरुङले नेपाली गायन क्षेत्रकी मेलोडी क्वीन अञ्जु पन्तलाई आफ्नो रेष्टुरेण्टमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको सुनाए । ‘आज म निकै खुशी छु’, रुल्जले भने, ‘किनकि नेपाली गायनकी धरोहर अर्थात् मेलोडी क्वीन अञ्जु पन्तलाई प्रस्तुत गर्ने अवसर पाएको छु ।’ उनले आफ्नो बारले व्यापारमात्र नगरेर कलाकारलाई सम्मान गर्दै आएको बताउँदै आगामी दिनमा देशका ख्याति प्राप्त कलाकारलाई प्रस्तुत गर्दै जाने बताए ।

यसअघि साया हेल्लो क्याफेमा चर्चित गायक स्वरूपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक÷गायिकाले आफ्नो प्रस्तुति दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन् ।