कान्छा निर्देशक सौगातको ‘हैरान’ जेठमा आउने

माघ, काठमाडौं ।

विश्वकै कान्छा निर्देशकको रुपमा आफुलाई चिनाएका सौगात बिष्टको दोस्रो चलचित्र ‘हैरान’ आउँदो बर्षको जेठ ४ गतेबाट प्रदर्शन हुने भएको छ ।

कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन । डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा लगानी रहेको छ भने सम्झना पोखरेल सिनेमाकी कार्यकारी निर्मात्री हुन । काठमाण्डौ भित्र माधव वाग्लेको पपकर्न पिक्चर्सले वितरण गर्ने छ भने उपत्यका बाहिर मनोज राठीले वितरण गर्ने सम्झौता गरिएको कार्यकारी निर्माता सम्झना पोख्रेलले बताइन ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।