माघ, काठमाण्डौ।

आउँदो बर्षको बैशाख २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लम्फु’ को चार अडियो गीत सार्वजनिक गरिएको छ । चारवटै गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । चलचित्रको संगीतमा संगीतकारको एक पूर्ण प्याकेज पाईन्छ । चारवटै गीत कथामा बसेर बनाईएको छ तर कथा भन्दा बाहिर बसेर हेर्दा पनि यि सबै गीतहरु अर्थपुर्ण लाग्छन्', चलचित्रका गीतको संगीतका बारेमा बोल्दै संगीतकार पोखरेलले भने, 'चलचित्रका निर्देशक तथा निर्माताको सोचअनुसार नै मैले संगीत भरेको छुु ।

'सँगै जिउने सँगै मर्नेु, 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलका गीत 'लम्फू'मा समावेश छन् । चलचित्रका गीतले मायाप्रेममा रोमाञ्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेका छन् ।

'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र शुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् ।

गोपालचन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् ।

‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ । ‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ ।

audio:

१५ माघ २०७४, सोमबार ११:३४