हरिहर–शकुन्तला दम्पतीलाई सम्मान

माघ, काठमाडौं ।

‘कामना फिल्म अवार्डस् २०७४’को तेस्रो संस्करण सम्पन्न भएको छ । मंगलबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त अवार्डमा अभिनेता तथा रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा तथा प्रविधितर्फ छायांकार तथा निर्देशक मञ्जुकुमार श्रेष्ठ कीर्तिमय दीर्घ योगदान (लाइफ टाइम एचिभमेन्ट) सम्मानबाट सम्मानित गरियो  । उनीहरुलाई नगद १ लाख रुपियाँका साथ सम्मान गरिएको थियो  ।

अवार्डमा सर्वाधिक १७ विधाको मनोनयनमा परेको चलचित्र ‘छक्का पञ्जा’ले सर्वोत्कृष्ट चलचित्रसँगै नवनिर्देशक, खलपात्र, गायक, हास्य कलाकार, सहअभिनेता, संवाद र नृत्य निर्देशक गरी सर्वा्धिक ७ विधाको अवार्ड चुमेको थियो । ‘छक्का पञ्जा’बाट दीपाश्री निरौलाले नवनिर्देशक, दीपकराज गिरीले खलपात्र, केदार घिमिरेले हास्य कलाकार, जितु नेपालले सहअभिनेता, कविराज गहतराजले नृत्य निर्देशक तथा दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले संवाद विधाको अवार्डलाई आफ्नो बनाएको कामना अवार्डमा कविराज गहतराले ह्याट्रिक गरे ।

९ विधाको मनोनयनमा परेको चलचित्र डाइङ क्यान्डलले जुरी अवार्डका साथ सर्वोत्कृष्ट अभिनेत्री, छायांकार, बाल कलाकार र शृंगार दोस्रो सर्वाधिक ५ विधाको अवार्डलाई आफ्नो बनाएको छ । अभिनेताको अवार्ड ‘जात्रा’बाट विपीन कार्कीले चुमे भने अभिनेत्रीको अवार्डलाई ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बाले पाइन् ।

त्यसै गरी १४ विधाको मनोनयनमा परेका ‘गाजलु’ले सर्वोत्कृष्ट निर्देशक, नवअभिनेत्री, कथा र निर्माण नियन्त्रक गरी ४ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट हेमराज बिसीले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचाले भने मिस नेपाल सृष्टि श्रेष्ठ नवअभिनेत्री विधाको अवार्ड विजेता बन्न पुगिन्।

त्यस्तै १० विधाको मनोनयनमा परेको चलचित्र ‘के म तिम्रो होइन र’ सर्वोत्कृष्ट नवनायक, द्वन्द्व र पाश्र्व संगीत गरी ३ विधाको अवार्ड जित्न सफल भयो । यो चलचित्रबाट आर्यन अधिकारी नवअभिनेता भए भने यसै चलचित्रबाट द्वन्द्व निर्देशनमा हिमाल केसीले ह्याट्रिक गर्न सफल भए र एलिस कार्कीले पहिलोपटक कामना अवार्ड जित्न सफल भए। एलिस लगातार तेस्रोपटक यो अवार्डको मनोनयनमा परेका थिए।

एसएमएसका आधारमा विजेता घोषणा गरिने लक्स पपुलर च्वाइस अवार्ड भने नायिका केकी अधिकारीले चुमिन् । यो विधामा उनीसँगै वर्षा राउत, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठ प्रतिस्पर्धामा थिए। त्यसै गरी संगीततर्पm गायिका इन्दिरा जोशी, फेसनतर्पm रचना गुरुङ शर्मा र रंगकर्मतर्पm राज शाहले सिजी क्रिटिक्स अवार्ड चुमे । समारोहमा पुराना देखी नयाँ कलाकारहरुको प्रस्तुती बिशेष रहेको थियो ।