‘कान्छी म्यूजिकल नाइट’मा कलाकार सम्मान

माघ, काठमाडौं ।

चलचित्र ‘कान्छी’को टिमले राजधानीको पाँचतारे होटल अन्नपूर्णमा मंगलबार बेलुकी ‘कान्छी म्यूजिकल नाइट २०१८’ सम्पन्न गरेको छ । ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माण गरिरहेको माझी बस्तीको लागि सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्र तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिंखडा, हाँस्य कलाकार जितु नेपाल, गायक यूवराज चौलागाँइ, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धमेन्द्र सेवना, निर्देशक आकाश अधिकारी, नायिकाहरु अशिष्मा नकर्मी, मरिष्का पोखरेल, जेविका कार्की, कलाकार विनोद न्यौपाने, कमेडियन सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

श्वेताश्री फाण्डेशनका सदस्यहरु, ‘कान्छी’ टिम र सञ्चारकर्मी गरि करिब ३ सय पाहुना उपस्थित कार्यक्रममा हास्यकलाकार बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । यस्तै, चलचित्र सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो ।

चलचित्र ‘कान्छी’ को ‘चरी चट्ट परि’ बोलको गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीलाई बाइक उपहार दिइयो । ‘चरी चट्ट’ गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइएको हो । ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने, नायक तथा निर्देशक आकाश अधिकारी, नायिका मरिस्का पोखरेलले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

हास्यकलाकार कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीले कमेडी प्रस्तुत गरे भने धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले ‘कान्छी’ को गीत गाएर दर्शक नचाए । यस्तै, हाँस्यव्यंग्य कवि शैलेन्द्र सिम्खडाले आफ्नो कविता सुनाए । फागुन ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’लाई नायिका स्वेता खड्काले निर्माण गरेकी हुन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता र नायक दयाहाङ राइको जोडीलाई पर्दामा हेर्न सकिन्छ ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।