माघ, चितवन ।

दिपु न्यौपानेले प्रेम दिवस (भ्यालेन्टाईन डे) बिशेष गीत सार्वजनिक गरेका छन् । ‘वि माई भ्यालेन्टाईन’ बोलको रोमान्टिक गीतमा दिपुको स्वर तथा सुनिल थापाको म्यूजिक रहेको छ ।

उक्त गीतको एरेन्जर फडिन्द्र राई छन् । अमृत केसी र स्नेहा शर्माको फिचरिङरहेको गीतको सहायक निर्देशकमा पनि अमृत केसी नै छन् ।

श्रीराज ईन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत राजीव बलामीले निर्देशक गरेका हुन् । भ्यालेन्टाईन जोडीका लागि उक्त गीत उत्कृष्ट हुन सक्छ । युगल जोडीको साँचो प्रेमको बास्तविक कथा गीतमा उनिएको छ । भ्यालेन्टाईन केक काटेर उनीहरुल गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङमा छ ।