आमाको सम्झनामा पुष्पाको गीत

माघ, काठमाण्डौ ।

गीतकार पुष्पा खनालले नयाँ गीत सार्वजनिक गरेकी छिन् । जसमा आफ्नी आमा दमन्ता खनाललाई सम्झिएकी छिन्  । ‘मैले पुज्ने देव तिमी’ बोलको उक्त गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ ।

आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्तगर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताईन् । उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै आमाहरूमा समर्पण गर्न चाहन्छु ।”

सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीत मार्फत् उतार्न निकै कठीन भएको सङ्गीतकार लक्ष्मण शेषले बताए । सबै दिवंगत आमाहरूप्रति समर्पित यो गीत मार्फत् मानिसको जीवनमा आमाकति महत्वपूर्ण हुन्छ भन्ने कुरा खनालले व्यक्त गरेकी छन् ।

आमा साथैमाभएपनि यो गीतगाउँदाआमानहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको र त्यही महसूस हुने गरी आफूले स्वर दिने कोशिष गरेको गायिका विन्दु परियारले बताइन् । यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् ।

दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्यसिर्जनामालागेकीपुष्पाकादुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरूबजारमाआएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिकभइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ लेसातमहिनामापिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।