पोखरामा रश्मिका मुक्तक

माघ, पोखरा ।

साहित्यकार रश्मि रोदनले मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा आयोजना भएको कार्यक्रममा आफ्ना मुक्तक बाचन गरेकी छिन् । बिशिष्ट अतिथिको रुपमा सो कार्यक्रममा पुगेकी रश्मिले दुई दर्जन मुक्तक सुनाइन् ।

प्रेम सप्ताहको अवसरमा अधिकांश मुक्तक प्रेमिलाई सुनाएकी थिइन् भने सामाजीक एवं सौन्दर्य – प्रेमका मुक्तक उनले वाचन गरेकी थिइन् । कार्यक्रम रिडर्स क्लबमा सम्पन्न भएको हो ।

तिम्रो नयन सजाउने काजल हुन मन छ ।
प्यारको वर्षा गराउने बादल हुन मन छ ।

डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा
हराउदै तिम्रो यादमा पागल हुन मन छ ।

मुक्तक मार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मि सँगै स्याङ्जाका एस पी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए । साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृङ्खलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।