‘कृ’ बिशेष शोः अनमोलको कामको प्रशंशा (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गएको शुक्रबारबाट सयबढी चलचित्र हलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘कृ’ को आईतबार साँझ राजधानीको कुमारी हलमा बिशेष शो गरिएको छ । बिविध प्राविधिक कारणले गर्दा प्रिमियर गर्न नपाएको चलचित्र टिमले केहि चलचित्रकर्मि, ब्यावसायी तथा सञ्चारकर्मिका बिच भब्य तरिकाले बिशेष शो सम्पन्न गर्यो । यसैबिच चलचित्र हेरेपछि धेरैले नायक अनमोल केसीको कामको प्रशंशा गरे । धेरैले अनमोलको चलचित्रप्रतिको मेहनतको तारिफ गरेका थिए । साथै

अनमोल र नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्रमा अनुपबिक्रम शाहीको काम पनि प्रशंशा योग्य छ त्यसैले पनि धेरैले अनुपबिक्रमको फ्यान भएको भन्दै निस्किएका थिए । चलचित्रका निर्देशक सुरेन्द्र पौडेलको कामको पनि निकै तारिफ सुनिएको थियो । विशेष शो हेर्न सरोज खनाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, भूवन चन्द, प्रदिप भट्टराई, संचारकर्मी रवि लामिछाने, शोभित बस्नेत हलमा पुगेका थिए ।

चलचित्र हेरेका अधिकांशले यसको मेकिङ, एक्सन र प्राविधिक पाटोलाई प्रशंसा गरे । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन निर्देशन छ । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

अनमोल– अदिति दोस्रो पटक हलमा

दोस्रो पटक हलमै बसेर चलचित्र हेरेका अनमोल र अदितीले निकै राम्रो प्रतिक्रिया पाएको बताएका छन्  । साथै प्रतिक्रियाबाट उत्साहित भएको र अझै राम्रो काम गर्नुपर्ने जिम्मेवारी बढेको उनीहरुले बताए । ‘मैले मात्र चलचित्रमा दुख गरेको छैन । सम्पुर्ण युनिटको दुखको प्रतिफल आज मिलेको हो । खुसी लागेको छ ।’, अनमोलले बिशेष हो प्रश्चात सञ्चारकर्मिहरुसँग कुरागर्दे भने । यस्तै नायिका अदितिले पनि सबैतिरबाट आएको राम्रो प्रतिक्रियाले खुसी बनाएको बताइन् ।

निर्माता भन्छन् – कलेक्सनबाट खुसी छौं ।

बिशेष शो पश्चात  सञ्चारकर्मिहरुसँग कुरागर्दै निर्माताद्धय भूवन केसी र सुवास गिरीले दोस्रो दिनसम्मको कलेक्सनबाट आफुहरु खुसी रहेको बताए । पहिलो दिनको ९० लाख बढीको कलेक्सन नेपाली चलचित्रक्षेत्रमा निकै राम्रो कलेक्सन रहेको उनीहरुको भनाई थियो । साथै शनिबार बिदाको दिनभएकोले पनि धेरै राम्रो कलेक्सन गर्न सफल भएको बताए । ‘हामीले बितरकबाट यकिन डाटा लिन भ्याइसकेका छैनौं । जतिपनि कलेक्सन भएको छ । धेरै राम्रो भएको खबर छ । खुसी छौं ।’, निर्माता गिरीले भने ।

साढे ३ करोडको बजेटमा निर्माण भएको यो चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ३५ लाख माथीको कलेक्सन गरिसकेको छ । ‘कृ’ ले आफ्नो लगानी सुरक्षित गर्न नेपालबाट ७ करोडको आसपासमा ब्यापार गर्नुपर्छ ।

hall report: