मोफसल यात्रामा ‘कान्छि’

माघ, काठमाडौं ।

यहि आउँदो फागुन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ प्रचारप्रसारका लागी मोफसलमा निस्किएको छ। निर्मात्री तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई राजधानी बाहिरका बिभिन्न जिल्लामा पुग्दैछन् । यात्राको पहिलो दिन चितवन पुगेको कान्छि युनिटले चितवन, भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिइयो ।

फिल्म कोहिनूर प्रदर्शनपछि ‘कान्छी’बाट कमब्याक गरेकी श्वेताले सम्मेलनमा आफ्नो पहिलो चलचित्र ‘कहाँ भेटिएला’ छायांकनको क्षण सम्झिइन् । उक्त फिल्मको छायांकन चितवनमा भएको थियो । चलचित्र युनिट पोखरामा पनि पत्रकार सम्मेलन आयोजना गरी काठमाडौं फर्कने छ ।

याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’मा श्वेता र दयासँगै नीर शाह, नायिका अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको यो चलचित्रलाइै आकाश अधिकारीले निर्देशन गरेका हुन् ।