झापाबाट ‘जय भोले’ छायांकन शुरु

फागुन, काठमाडौं ।

चलचित्र ‘जय भोले’ को झापाबाट छायांकन  शुरु गरिएको छ । मंगलबार अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भएको हो । अशोक शर्माको निर्देशन गर्ने चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने र स्वस्तिमा श्रेष्ठले ओपनिङ सर्ट दिएका छन् । चलचित्रको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ । सलोन बस्नेत, राजाराम पौडेल पनि मुख्य भूमिकामा छन् । चलचित्र वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा चलचित्र बन्न लागेको हो ।

राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ । १ करोड ६० लाख बजेट रहेको चलचित्र पुरुषोत्तम प्रधानले खिच्ने छन् ।