‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि बर्षको चैत ३० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लिलिबिली’मा समावेश दोश्रो गीत रिलिज गरिएको छ । प्रेम दिवसको अवसर पारेर चलचित्रको ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको&nbsp; शिर्ष गीत सार्वजनिक गरिएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको यो गीतमा ‘एकतारे’को शब्द छ ।<br></p><p style="text-align: justify; ">गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीत स्कटल्याण्डमा खिचिएको हो । सुदिप बरालले यो भिडियो खिचेका हुन् । यसैविच, चलचित्रको यो गीतको कभर भिडियो प्रतियोगीता आयोजना गरिएको छ । उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख नगद पुरस्कार दिने बताइएको छ । युटुबमा सर्वा्धिक भ्यूज पाउनेलाई पुरस्कार दिने बताइएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन, अर्जुन जीसी सम्पादन छ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/_WoCV4c6XOE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>