कृष्ण खरालको प्रस्तुतीमा सरापेको अर्को कमेडी गीत सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">हाँस्यब्यंग्यक्षेत्रमा फरक कमेडी प्रस्तुत गरेर आफुलाई दर्शक माझ चिनाएका कलाकार यादव देवकोटा अर्थात सरापे पछिल्लो समय म्युजीक भिडियोमा पनि अभिनय गरिरहेका छन् । गालिका शब्दहरुले एकोहोरो सरापेरै चर्चामा आएका सरापेले अभिनय गरेका अधिकांश म्युजीक भिडियोमा डाइलगको पनि प्रयोग भएको हुन्छ ।&nbsp;<br></p><p style="text-align: justify; ">यसैबिच उनी सरापेअभिनित अर्को म्युजीक भिडियो सार्वजनिक गरिएको छ । ‘रोधि घरमा जाने’ बोलको गीतको भिडियोमा सरापेले रक्सी खाएको अभिनय गरेका छन्&nbsp; । सन्देशमुलक यस गीतमा गायक श्याम बुर्लाकोटी र नव गायिका अनिता छेत्रीको आवाज छ भने सिर्जना सुर्य ईटनीको शब्द र गायक बुर्लाकोटीले नै गीतमा लय भरेका छन् । सागर गौतमले खिचेको उक्त भिडियोलाई मिलन कार्किले निर्देशन गरेका हुन् ।&nbsp;भिडियो परेली फिल्मस्ले बजारमा ल्याएको हो ।</p><p style="text-align: justify; ">भिडियोमा सरापेसँगै शोभा भन्डारी र प्रतिमा राई र कृष्ण खरालले पनि अभिनय गरेका छन् । कृष्ण खरालकै प्रस्तुतीमा बनेको यस गीत सन्देशमुलनक बनाउन खोजेको खराल बताउँछन् । बिशेषगरी गाउँपरिवेशको समाजमा अहिलेपनि जाँडरक्सी खाएर घरमा समस्या दिने प्रवृति रहेकोले त्यसतो परम्परा हटाउनका लागी पनि भिडियो निर्माण गरेको उनी बताउँछन् । खराल पछिल्लो समय चलचित्र निर्माणमा पनि जुटेका छन् । उनले निर्माण गर्ने ‘म्याड लभ’ चलचित्र पोखराबाट शुभमुर्हत भइसकेको छ । प्राविधिक कारणवस छायांकन रोकिएको र अब छिट्टै नै युरोपबाट छायांकन शुरु हुने निर्माता खरालले बताए ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/h3ItF9Eecck" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>