रसियामा नेपाली नाटक

फागुन, काठमाडौं ।

रसियाको नोभोसिबिर्सक शहरमा नेपाली कलाकारले नाटक देखाएका छन्  । झवान, टु, थ्री थिएटर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका तिन विद्यार्थीले नाटक प्रस्तुत गरेका हुन् । फेस्टभलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिभलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसी र अभिनय विधाका विद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइलीले सहभागिता जनाएका  थिए ।

रसियाको सबै स्टेट र देशहरु गरेर ४६ ओटा नाटक मन्चन भएको उक्त फेस्टिभलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्सकस्थित रेड हाउस थिएटरमा  रोनिश राउत निदेर्शित  २३ मिनेट लामो नाटक  ‘पिस’ देखाएको थियो । नेपालको द्वन्द्व कालको विषयमाथि निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइली माओवादी र मोहन जैशीले आर्मीको भूमिका निर्वाह गरेका थिए । नाट्कपछि नेपालको सिनेमा, आर्ट र थिएटरको विषयमा अन्तक्र्रिया राखिएको थियो । नाटक प्रदर्शनी र अन्तक्र्रियासँगै नेपाली टोलीले त्यहाँस्थित थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस,  टेलिभिजन र आर्ट हाउसहरूको औपचारिक भ्रमण गरेका थिए । फेस्टिभलको आयोजक नोभोसिबिर्सक स्टेट थिएटर ईन्स्टिच्युट र अन द लेफ्ट बेन्कञ थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरू गत जेठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसँग नेपाल र रसियाबीच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेन्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए ।

यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको सिइओ प्रकाश पुरीले बताए । र हरेक वर्ष विधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिभल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपूर्ण विषयमा सम्झौता भएको जानकारी गराए ।

(आजको हिमालय टाइम्समा पनि प्रकाशित छ ।)