किशोरको ‘चङ्गा’ जेठमा उड्ने

फागुन, काठमाडौं ।

टेलिफिल्ममा डिट्ठासाब उपनामबाट नाम कमाएका किशोर भण्डारी निर्देशीत चलचित्र ‘चङ्गा’ आउँदो बर्षको जेठ २५ गते प्रदर्शन हुने भएको छ । ले प्रदर्शन मिति तय गरेको छ । चलचित्रको निर्माता समेत रहेका भण्डारीले छायांकन सकिएको केहि दिनपछि प्रदर्शन मिति तय गरिएको बताएका हुन् ।

चलचित्रलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । मंगलबार मात्रै फिल्म निर्माण टिम र एफडी कम्पनिबीच वितरण सम्झौता भयो । फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै फिल्मलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जनराको चलचित्रले पारिवारिक तथा सामाजिक कथा बोल्छ । ‘चङ्गा’लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको चलचित्रमा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी चलचित्रमा मुख्य भुमिकामा प्रस्तुत छन् । चलचित्रको यतिबेला ग्लेज ईन्टरटेन्मेन्टमा पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ‘चङ्गा’मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।