भदौ, काठमाडौं । आउँदो असोज १ गतेबाट प्रदर्शनमा आउने चलचित्र वडा नं. ६ को टिम यतिखेर प्रमोशनमा व्यस्त छ । कहिले गाईजात्राको अवसर पारेर बानेश्वर चोकमा त कहिले प्रज्ञाभवनको परिसरमा हामी वडा नं. ६ को बिज्ञापन देख्दै आएका छौं । अहिले जताततै वडा नं. ६ भन्दै प्रमोशनमा व्यस्त रहेका वडा नं. ६ को टिम आज (शनिबार) बिहान माछापोखरी, नयाँबसपार्क क्षेत्रमा पुगेको थियो ।
माछापोखरी चोकमा गरेको उक्त कार्यक्रम हेर्न हजारौं दर्शकहरु आईरीएका थिए । वडा न. ६ निर्माण युनिटले यसरी नै अबका दिनहरुमा ठाउँ ठाउँमा दर्शकहरुलाई रमाईलो बनाउँदै प्रमोशनमा हिड्ने बताएको छ । कार्यक्रममा चलचित्रमा अभिनय गरेका थुप्रै कलाकारहरु थिए भने साथमा मसलाको रुपमा चर्चित गायक प्रकाश कटुवाल र डेढसय भन्दा बढि चराको आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले पनि दर्शकलाई निकै हँसाएका थिए ।
कार्यक्रममा गायक प्रकाश कटुवालले गतबर्षको तिजको गित चोरबिरालो पल्क्यो गाएका थिए भने सोहि गितमा अभिनय गरेका कलाकार केदार घिमिरे (माग्नेबुढा) पनि सँगसँगै नाचेका थिए । त्यसैगरी कलाकार रमेश दुलालले मुखबाट सनई, गितार जस्ता बाजाको आवाज सुनाएका थिए भने अर्को रोचक कुरा कागको आवाज निकालेर कागलाई समेत जम्मा पारेका थिए ।
त्यस्तै कार्यक्रममा दिपकराज गिरी, दिपा श्री निरौलाले पनि रमाईलो प्रसंग उठाएका थिए र दर्शकमा हाँसो भराएका थिए ।