‘इन्टु मिन्टु लण्डनमा’को गीतमा स्वप्न सुमनको स्वर (अडियो)

फागुन, काठमाडौं ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । केहिसमय अघि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले लण्डनको भिषा नपाएको खबर बाहिरिँदै गर्दा दोस्रो पटकमा उनले भिषा पाएर छायांकनका लागी लण्डन प्रस्थान गरेकी थिइन् ।

चलचित्रको ‘थाहै भएन’ बोलको अडियो गीत सार्वजनिक गरिएको हो । ‘ स्वप्न सुमनको शब्द, संगीत र स्वर रहेको गीत युवापुस्तामा लक्षित छ ।

रेनाशा वान्तवा राईले निर्देशन गरेको यो चलचित्रमा यूकेका थुप्रै रमणीय दृश्यहरु हेर्न पाइनेछ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकारलगायत मुख्य भूमिकामा छन् ।  आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् ।

चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।  चलचित्रका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

Audio song: