<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">केहि दिन अघिमात्रै सार्वजनिक गरिएको चलचित्र ‘मिस्टर भर्जिन’को अडियो गीतले राम्रै चर्चा पायो । सुदूरपश्चिममा बोलिने देउडा शब्दहरु समावेश उक्त गीत सुन्नमा मज्जा आउछ । आइतबार एक कार्यक्रमका बिच त्यसैगीतको अफिसियल भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत छ । त्यस्तै भिडियोमा गौरव पहारी, स्मृती पोखरेल, श्रद्धा प्रसाईँ, विजय बराल, कमलमणी नेपाललगायतका कलाकारहरु फिचरिङ छन् । यो चलचित्र १ करोड लागतमा निर्माण गरिएको बताइएको छ । </p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/5b5bd796a5b9ee293f71fa33219a305e1519549435.jpg" style="width: 1024px;"><br></p><p style="text-align: justify; ">चलचित्रमा मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ । चलचित्रमामा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्र वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको हो । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/5AhOoHFSbu8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>






१३ फाल्गुन २०७४, आईतवार ०९:०४ 








